ad ad

समाज


झुठा विवरण पेश गरी नागरिकता लिएको आरोपमा महिला पक्राउ

झुठा विवरण पेश गरी नागरिकता लिएको आरोपमा महिला पक्राउ

सांकेतिक तस्बिर


नेपालखबर
माघ १२, २०७९ बिहिबार २१:३२, काठमाडौँ

झुठा विवरण देखाई नागरिकता लिएको कसुरमा काठमाडौंबाट एक महिला पक्राउ परेकी छन्। 

बूढानीलकण्ठ नगरपालिका–१२ चुनिखेल बस्ने चितवन खैरहनी नगरपालिका–८ घर भएकी ३२ वर्षीया युवन्तीका तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।

झुठा विवरण पेश गरी वंशजको आधारमा नेपाली नागरिकता प्रमाणपत्र लिएको भन्ने मुद्दाको अनुसन्धानको सिलसिलामा तामाङलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले बूढानीलकण्ठ नगरपालिका–१२ चुनिखेलबाट पक्राउ गरेको हो।

उनलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .