त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३० ग्राम सुनसहित एक अमेरिकी नागरिक पक्राउ परेका छन्।
अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट अमेरिकी नागरिक ६२ वर्षीया मिगमार डोल्मालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।
एयर इन्डियाको उडानद्वारा काठमाडौंबाट दिल्ली जान लागेकी डोल्माले ल्याएको झोलालाई जाँच गर्ने क्रममा झोलाभित्र उक्त धातु सहित फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
उनलाई आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पठाइएको छ।
माघ १२, २०७९, बिहीबार
प्रतिक्रिया