समाज


प्रेम आचार्यको आत्मदाहबारे सरकारले छानबिन गर्ने

गृहमन्त्रीले भने : आजैदेखि हामी काम थालेर कारण पत्ता लगाउँछौँ
प्रेम आचार्यको आत्मदाहबारे सरकारले छानबिन गर्ने

फाइल तस्बिर


नेपालखबर
माघ ११, २०७९ बुधबार १८:२०, काठमाडौँ

इलामका व्यवसायी युवा प्रेमप्रसाद आचार्यले मंगलबार नयाँबानेश्वरस्थित संसद भवनअगाडिको सडकमा गरेको आत्मदाहबारे छानबिन गर्न सरकारले समिति बनाएको छ।

बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्‍को बैठकले आचार्यले आत्मदाहसम्म पुग्नुपर्ने कारणसहितको विवरण पत्ता लगाउने जिम्मेवारीसहित छानबिन समिति बनाउने निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेका आचार्यले उठाएका विषयहरुको छानबिन गर्न गृह मन्त्रालयबाटै तदारुकतासाथ लाग्ने निर्णय भएको बताए।

उनले मन्त्रालयले सत्यतथ्य बाहिर ल्याएर छानबिनपछिको निष्कर्षअनुसार आवश्यक कदम चाल्ने बताए। लामिछानेले बुधबार नै छानबिनकार्य गृह मन्त्रालयको तदारुकतामा अघि बढाउने बताए।

मृतकले उठाएका विषयहरुको छानबिनपछि आवश्यक कारबाही गर्ने निर्णय भएको उनले बताए। 

‘आत्मदाह गर्नुभएका प्रेमजीको विषयलाई लिएर हामीले उहाँले गम्भीर विषयहरु उठान गर्नुभएको छ। लेख्नुभएको थियो, अन्यायमा परेको विषय उठान गर्नुभएको थियो, त्यसलाई छानबिनमा ल्याउने र गृह मन्त्रालयले नै तदारुकताका साथ अघि बढाएर छानबिन गरी सत्यतथ्य बाहिर आएपछि तदनुसार सरकारले आवश्यक कदम चाल्ने निर्णय भएको छ', उनले भने, 'आज नै छानबिन सम्बन्धी गृह मन्त्रालयको तदारुकतामा अघि बढाउनेछौँ। उहाँले भन्नुभएको विषयहरु छानबिनका क्रममा निस्किएपछि आवश्यक कारबाही गर्ने निर्णय भएको छ। छानबिनको नतिजाका आधारमा गर्नुपर्ने कार्य सरकारले गर्नेछ।’

गृहमन्त्री लामिछानेले छानबिनको नतिजाका आधारमा गर्नुपर्ने कार्य सबै सरकारले गर्ने पनि बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .