मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवनअगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यका आफन्तहरू कीतिपुर अस्पतालमा जम्मा भएका छन्।
बुधबार बिहान निधन भएका आचार्यका परिवार र आफन्तहरू अस्पताल पुगेपनि अहिलेसम्म शव भने जिम्मा लिएका छैनन्।
शव लिनुअघि राज्यको जिम्मेवार निकाय उपस्थित भएर सम्बोधन गर्नपर्ने आफन्तको भनाई छ। मृतक आचार्यका मामा बसन्त भट्टराईका अनुसार मृत्युपछि सरकारको तर्फबाट कुनै पहल भएको छैन्।
स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीको सचिवालयमा समेत सम्बोधन गर्नका लागि पहल भएको तर कुनै जवाफ नआएको उनले बताए।
‘हामीले २ बजेसम्म समय मागेका छौं। त्यसपछि पनि उहाँहरुले कुनै रेस्पोन्स गर्नुभएन भने हामी शव लिएर जानेछौं’ भट्टराईले नेपालखबरसँग भने।
प्रहरी र अस्पताल प्रशासनले पनि छिटोभन्दा छिटो शव बुझ्न आफन्तलाई दबाब दिइरहेका छन्। तर, सरकारको तर्फबाट कुनै सम्बोधन नभएको कारण आफन्तले शव बुझ्न मानेका छैनन्।
मंगलबार साँझ आचार्यलाई भेट्न राज्यमन्त्री कार्की पुगेकी थिइन्। आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछानेलाई भेट्न पठाइदिन आग्रह गरेका थिए।
Shares
प्रतिक्रिया