समाज


सोनाम ल्होछार मनाइँदै, प्रधानमन्त्री प्रचण्ड पनि सहभागी हुने

सोनाम ल्होछार मनाइँदै, प्रधानमन्त्री प्रचण्ड पनि सहभागी हुने

फाइल।


नेपालखबर
माघ ८, २०७९ आइतबार १०:८, काठमाडौँ

तामाङ समुदायको आज सोनाम ल्होछार पर्व मनाउँदै छन्। ल्होछारको अवसरमा काठमाडौं लगायत तामाङहरुको बसोवास रहेका स्थानमा मेला, महोत्सव लाग्ने गर्छ।

आजको दिनलाई यो समुदायले नयाँ वर्षको रुपमासमेत मनाउने गर्दछन्।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८५९ औं वर्ष शुरु भएको छ।

आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष शुरु भएको छ। हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसार मनाउने गरिन्छ।

प्रधानमन्त्री पनि सहभागी हुने
काठमाडौंको टुँडिखेलमा विशेष समारोहसहित सोनाम ल्होछार मनाइँदै छ। कार्यक्रमको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। 

प्रधानमन्त्रीको सचिवालयका अनुसार दिउँसो १ बजे प्रधानमन्त्री कार्यक्रममा सहभागी हुने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad