समाज


ओपीडी बन्द गरेर मानव अंग प्रत्यारोपण केन्द्रको कार्यक्रम, प्रधानमन्त्रीको स्वागतमा स्वास्थ्यकर्मी

ओपीडी बन्द गरेर मानव अंग प्रत्यारोपण केन्द्रको कार्यक्रम, प्रधानमन्त्रीको स्वागतमा स्वास्थ्यकर्मी

प्रधानमन्त्रीसहित मानवअंग प्रत्यारोपण केन्द्रको कार्यक्रम। तस्बिर : नेपालखबर


नेपालखबर
माघ ६, २०७९ शुक्रबार १८:२२, काठमाडौँ

धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रले ओपीडी सेवा नै बन्द गरेर कार्यक्रम गरेको छ। 

केन्द्रले शुक्रबार स्थापनाको १० वर्षमा एक हजार जनाको मिर्गौला प्रत्यारोपण गरेको भन्दै  प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाएर कार्यक्रम गरेको हो।

कार्यक्रममा प्रधानमन्त्री दाहाल, स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र पाण्डे र स्वास्थ्य सचिव पनि सहभागी थिए। 

अस्पतालले माघ ६ गते ओपीडी सेवा बन्द रहने सूचना नै गरेको थियो।  तर के कारणले बन्द रहने सूचनामा खुलाइएको थिएन।

केन्द्रले ओपिडीका सबै सेवा बन्द गरेर सबै कर्मचारी, स्वास्थ्यकर्मी र पारामेडिक्सलाई प्रधानमन्त्रीको स्वागतमा खटाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad