ad ad

समाज


भारतीय राजदूतलाई पर्यटनमन्त्रीले भने : नयाँ हवाई प्रवेश मार्ग खोलिदिनू

भारतीय राजदूतलाई पर्यटनमन्त्रीले भने : नयाँ हवाई प्रवेश मार्ग खोलिदिनू

पर्यटनमन्त्री किरातीलाई भेट्दै भारतीय राजदूत श्रीवास्तव। तस्बिर : पर्यटनमन्त्रीको सचिवालय


नेपालखबर
माघ ६, २०७९ शुक्रबार १६:५५, काठमाडौँ

भारतीय राजदूत नवीन श्रीवास्तवले नवनियुक्त संस्कृति तथा पर्यटन मन्त्री सुदन किरातीलाई भेटेका छन्। 

शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमै पुगेर श्रीवास्तवले मन्त्री किरातीसँग विविध विषयमा छलफल गरेका हुन्। 

उक्त भेटवार्तामा भेटवार्तामा किरातीले सिमरास्थित भारतसँग जोडिएको नेपालको एक मात्र हवाई मार्गमा अत्यधिक चाप बढेकाले नयाँ रुट खोलिदिन पनि आग्रह गरेका छन्। 

'थप हवाई प्रवेश मार्गका लागि राजदूत श्रीवास्तवसँग कुरा भएको छ', उनले भनेका छन्, 'राजदूत श्रीवास्तवले नेपाली जनता र नेपालको हितमा भारत सरकार सधैँ सकारात्मक हुने बताउनुभएको छ।'

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनिसक्दा पनि भारतले नेपाललाई नयाँ हवाई रुट दिन मानिरहेको छैन।

अहिले यी दुई विमानस्थलमा आउने जाने जहाजले पनि धेरै पूर्व आएर सिमरा नाकाबाटै पस्नुपर्ने बाध्यता छ।

नेपालले नेपालगञ्ज, भैरहवा र सुदूरपश्चिम नाकाबाट नयाँ हवाई रुट दिन माग गरिरहे पनि भारतले लामो समयदेखि यसबारे कुनै निर्णय दिन सकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .