ad ad

समाज


कांग्रेसको आपत्तिपछि यतीको जहाज दुर्घटनाबारे पर्यटनमन्त्रीको जवाफ

आगामी दिनमा दुर्घटना रोक्न निर्देशन दिइसकेको भनाइ
कांग्रेसको आपत्तिपछि यतीको जहाज दुर्घटनाबारे पर्यटनमन्त्रीको जवाफ

संसदमा बोल्दै पर्यटनमन्त्री सुदन किराती। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
माघ ५, २०७९ बिहिबार ११:४०, काठमाडौँ

गत माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनाबारे बिहीबार बसेको संसद बैठकको कार्यसूचीमा नराखेको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ।

कांग्रेसका प्रमुख सचेतक रशेम लेखकले आपत्ति जनाएपछि संसदको अध्यक्षता गरिरहेका जेष्ठ सदस्य पशुपति शमशेर जबराले यसबारे जवाफ दिन संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीलाई रुलिङ गरे।

समाध्यक्षको रुलिङपछि मन्त्री किरातीले यसबारे संसदमा जवाफ दिँदै दुर्घटनाबारे बोलेका हुन्। 

'गत माघ १ गतेका दिन यती एयरलाइन्सको ९ एनएनसी कलसाइनको विमान काठमाडौंबाट पोखरा जाँदा बिहान १० बजेर ५० मिनेटमा सेती नदीको खोँचमा दुर्घटना भएको छ', उनले भने, 'दुर्घटनापछि चालक दलका सदस्यसहित ७१ जनाको शव संकलन भएको छ। एकजना बालकको खोजी भइरहेको छ। यति ठूलो क्षतिप्रति देशकै ध्यानाकर्षण भएको छ। शोक शक्तिमा बदल्न आग्रह गर्छु।'

उनले घटनापछि नेपाल नागरिक उड्ययन प्राधिकरणले र्‍यापिड कोअर्डिनेशन कमिटी बनाएर खोजबिन गरिरहेको बताए। 

'अहिले दुर्घटनामा ज्यान गुमाएकाहरुको पोस्टमार्टपछि आफन्तलाई शव बुझाउने काम भइरहेको छ। मेरो पदबहालीपछि दुर्घटना रोक्न कडा निर्देशन दिएको छु', उनले भने, 'हवाई सेवालाई विश्वासनीय बनाउन कार्ययोजना बनाइनेछ। सरोकारवाला र सबैसँग सहकार्य गर्दै छानबिन आयोगलाई स्वतन्त्रपूर्वक काम गर्ने वातावरण दिने छौँ।'

उनले आफूले पदबहाली गरेको दिनदेखि नै नेपाल नागरिक उड्ययन प्राधिकरणसँग छलफल अघि बढाएको पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .