समाज


बेलायतमा डेढ महिनादेखि बेपत्ता नेपाली युवकको शव भेटियो

बेलायतमा डेढ महिनादेखि बेपत्ता नेपाली युवकको शव भेटियो

प्रतिकात्मक तस्बिर


नेपालखबर
माघ ३, २०७९ मंगलबार १८:२, लन्डन

बेलायतमा डिसेम्बर १ देखि हराइरहेका नेपाली युवा किरण पुनको शव प्रहरीले फेला पारेको जनाएको छ। बेलायतको ह्याम्पसायर प्रहरीले सोमबार दिएको जानकारी अनुसार ३६ वर्षीय पुनको शव ब्रिक फिल्ड्स कन्ट्री पार्क अल्डरसटमा आइतबार करिब दिउँसो ३ आसपासमा फेला परेको थियो।

डिसेम्बर १ तारिख साँझ ७:३८ बजे अल्ट्रासटको इन्टपार्क सडकमा अन्तिमपटक देखिएको र त्यसपछि बेपत्ता भएका पुनको खोजीमा बेलायत प्रहरीले डेढमहिना बिताएको उल्लेख गरेको छ। ह्याम्पसायरस्थित जघन्य अपराध शाखाका प्रमुख आडम इडवार्डसले किरणलाई के भएको थियो भन्नेबारे बुझ्न र उनको परिवारलाई यो दुःखद क्षणबारे जवाफ दिन प्रहरी प्रशासनले मेहनत गरिरहेको बताए।

प्रहरी औपचारिक रुपमा शव किरणको भए नभएको पहिचान हुन बाँकी भए पनि किरणकै हुनसक्ने अनुमान गरेको छ। प्रहरीले परिवारलाई यसबारेमा जानकारी दिएको बताएको छ। परिवारलाई प्रहरीका विशेष दक्षता भएका अधिकृतले सहयोग गरिररहेको बताइएको छ। 

पुन हराएपछि अनुसन्धानका क्रममा ह्याम्पसायर प्रहरीले पाँच जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको थियो। प्रहरीले घटनास्थलका वरिपरीका धरमा आफ्नो टीम पठाएर धटनाबारे स्थानीयसँग कुनै प्रमाण वा अन्य कुनै जानकारी भए लिने पनि ह्याम्पसायर प्रहरीले बताएको छ। यसका साथै घटनाबारे कोही कसैलाई केही जानकारी भए प्रहरीको आपतकालीन सेवामा सञ्चालित १०१ मा फोन गरी बताइदिन अनुरोध पनि गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad