ad ad

समाज


अभिषेक गिरीलाई भीमफेदी पठाउने निर्णयविरुद्ध मोरङ कारागारमा आन्दोलन

अभिषेक गिरीलाई भीमफेदी पठाउने निर्णयविरुद्ध मोरङ कारागारमा आन्दोलन

मोरङ कारागार परिसर र इन्सेटमा अभिषेक गिरी


ध्रुव भट्टराई
माघ ३, २०७९ मंगलबार ११:५६, विराटनगर

गुण्डा नाइके अभिषेक गिरीलाई मकवानपुरको भीमफेदी कारागार पठाउने निर्णयविरुद्ध मोरङ कारागारका कैदीबन्दी आन्दोलित भएका छन्। 

कारागारका चौकिदार रहेका गिरीलाई स्तान्तरण गर्ने निर्णयविरुद्व उनी पक्षका कैदीबन्दीले कारागारमा प्ले कार्डसहित प्रर्दशन गरेका हुन्।

कारागार प्रशासनले हिजो मात्रै गिरीलाई भीमफेदी कारागारमा स्थानतरण गर्ने निर्यण गरेको थियो। 

राजनीति शक्तिकेन्द्रको आडमा उनी यसअघि पाँच पटक विराटनगर कारागारमा स्तान्तरण भई लामो समय बिताउँदै आएका छन्। 

अपहरण तथा शरीर बन्धक मुद्दामा जेल सजाय बिताइरहेका गिरी तत्कालीन समयमा मोरङ कारागारमा रहँदा जेलभित्रैबाट असुली र फिरौती धन्दा चलाएको आरोप लागेपछि २०७४ चैत २३ गते डिल्लीबजार कारागार सारिएको थियो। 

गिरीलाई कांग्रेस नेतृत्वमा सरकार बनेलगत्तै मोरङ कारागार पठाउन स्थानीय नेताहरूले गृहमन्त्री बालकृष्ण खाणसँग ‘लबिङ’ सुरू गरेका थिए।

तत्कालीन गृहमन्त्री खाणको निर्देशनमा गुण्डा नाइके गिरीलाई कारागार प्रशासनले  डिल्लीबजार कारागारबाट २०७८ मंसिर ९ गते मोरङ कारागारमा स्तान्तरण गरेको थियो।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगायत गठबन्धनको सरकारका गृहमन्त्री रवि लामिछानेको निर्देशनमा कारागार प्रशासनले अपहरण तथा शरीर बन्धक मुद्दामा जेल सजाय बिताइरहेका गिरीलाई आइतबार मकवानपुरको भीमफेदी कारागार स्थानान्तरणको पत्र मोरङ आएको हो।

मोरङ कारागार हाजिर भएलगतै गिरीलाई चौकीदारको जिम्मेवारी दिइएको थियो।

राजनीतिक पहुँचको आधारमा गिरी मोरङ कारागार पाँच  पटक स्तान्तरण भइसकेका छन्। अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका उनको कैद भुक्तान अवधि एक महिना मात्रै बाँकी छ। 

एक महिना कैद बाँकी रहेको अवस्थामा भीमफेदी कारागार स्थानान्तरणको पत्र आएको जिल्ला कारागार मोरङका नित्तिम जेलर तुलसीराम भगतले बताए। 

अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गर्ने क्रममा गिरी २०७४ चैत,२०७८ असोज र त्यही वर्षको मंसिरमा पटक पटक गरी चार पटक मोरङ कारागारमा स्तान्तरण भएका थिए।

त्यसअघि मोरङ कारागारमा रहँदा गिरीले जेलभित्रैबाट असुली र फिरौती धन्दा चलाएको आरोप लागेपछि २०७४ चैत २३ गते डिल्लीबजार कारागार सारिएको थियो।

युवती प्रयोग गरी सरकारी कर्मचारीलाई बन्धक बनाएर फिरौती मागेको आरोपमा गिरीलाई प्रहरीले २०७० सालमा पक्राउ गरेको थियो।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका लेखा सहायक अच्युतप्रसाद रेग्मीलाई बन्धक बनाएर रकम मागेको आरोपमा गिरीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको थियो।

गिरीले आफ्नी प्रेमिकालाई प्रयोग गरेर रेग्मीलाई बन्धक बनाएका थिए। रेग्मीलाई सानेपास्थित डेरामा बोलाएर बन्धक बनाइएको थियो। रेग्मी डेरामा पुगेपछि गिरीले १० लाख रुपैयाँ फिरौती मागेका थिए।

यही प्रकरणमा गिरी ९ बर्षयताबाट कैद भुक्तानका लागि जेलमा छन्। गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले समेत गिरीमाथि विशेष अदालतमा मुद्दा चलाएको छ।

पछिल्लो पटक पक्राउ पर्नुअघि २०६९ सालमा उनी कर्तव्य ज्यान मुद्दामा सफाइ पाएर जेलमुक्त भएका थिए।२०६५ सालमा तत्कालीन जिल्ला विकास समितिमा टेण्डर लुट्न जाँदा भएको झडपमा करण यादव मारिएका थिए।

विराटनगरमा आपराधिक गतिविधि चलाउने पर्शुराम बस्नेत र गिरी दुबै समूह टेण्डर लुट्न गएकोमा यादव मारिएपछि गिरी पक्राउ परे।

तर, आफ्नै समूहका एक जनाले घटनाको जिम्मेवारी लिँदै अदालतमा बयान दिएपछि गिरीले २०६९ सालमा सफाइ पाएका थिए।

सफाइ पाएर छुटेको केही महिनामै पक्राउ परेका गिरी त्यसयता लगातार ८ वर्षयता जेलमा छन्।करण यादवको हत्यामा केन्द्रीय कारागारमा रहँदा पनि उनी आपराधिक गतिविधिमा सक्रिय नै थिए।

काठमाडौंका व्यवसायी ध्यानगोविन्द वैद्यको अपहरणमा योजना बनाएको खुलेपछि केन्द्रीय कारागारबाट उनलाई नुवाकोट सारियो। तर त्यहाँबाट पनि उनले अपराध छोडेनन्।

नुवाकोट जेलमै रहेका सशस्त्र समूहका छोटा राजन समूहसँग मिलेर कल बाइपास गरी मोरङका व्यापारीलाई धम्क्याउँदै पैसा मागेको आरोप गिरीलाई लाग्यो। प्रहरीले जेलमा छापा मार्दा कल बाइपासका सामग्री फेला पारेको थियो।

अभिषेकको अपराध त्यहाँ पनि नरोकिएपछि उनलाई मोरङ कारागार नै पठाउने योजना भयो। तर, मोरङ कारागारले राख्न नमानेपछि गिरीलाई सुनसरीको झुम्कास्थित कारागारमा राखिएको थियो।

त्यहाँ बस्दा पनि अभिषेकले अपराध छोडेनन्। २०६६ साल फागुन महिनामा जेलबाटै मान्छे खटाएर गिरीले पर्शुरामलाई दुई गोली हान्न लगाए। दुई महिना लामो सघन उपचारपछि पर्शुराम तंग्रिए।

त्यसको ‘बदला’ लिन पर्शुराम समूहले २०६८ साल जेठ १८ गते पेशी बयानमा जिल्ला अदालत मोरङ ल्याउँदा गिरीलाई आक्रमण गरे। 

पर्शुराम समूहले आक्रमण गर्दा गिरी घाइते भएका थिए, अदालतभित्र प्रहरीले गोली चलाएको थियो। 

उनी पटक पटक गरी विभिन्न अपराधका घटनामा  १३ बर्ष जेल सजय भुक्तान गर्ने क्रममा छन्।

गिरी विराटनगर देवकोटा चोकका स्थानीय हुन्  तत्कालीन समयमा ठेक्का टेन्डरमा संलग्न रही गिरी फिरौती असुल्ने कार्यमा संलग्न हुदै आएका थिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .