कीर्तिपुरमा ‘प्लाष्टिक ह्याण्ड ग्रिनेट’ बम भेटिएको छ। पांगा दोबाटोस्थित तरकारी बजारको पछाडि फालिएको अवस्थामा भेटिएको बम नेपाली सेनाका डिस्पोजल टोलीले निस्क्रिय पारेको प्रहरीले जनाएको छ।
शंकास्पद वस्तु फेला परेपछि महानगरीय प्रहरी वृत्त कीर्तिपुरले सेनाको डिस्पोजल टोलीलाई खबर गरेको थियो।
बम डिस्पोजलको टोली आएर चेकजाँच गरेपछि प्लाष्टिक ह्याण्ड ग्रिनेट बम रहेको खुलेको प्रहरीले जनाएको छ। त्यसबारे थप अनुसन्धान सुरु गरिएको छ।
प्रतिक्रिया