ad ad

समाज


यतीको विमान दुर्घटना : २१ जनाको शवको पोस्टमार्टम पोखरामै

तीनजना अझै भेटिएनन्, बाँकी शव भोलि काठमाडौं लगिँदै
यतीको विमान दुर्घटना : २१ जनाको शवको पोस्टमार्टम पोखरामै

दुर्घटनापछि ज्यान गुमाएकाहरुका आफन्त गण्डकी अस्पतालमा। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
माघ २, २०७९ सोमबार १८:१५, पोखरा

आइतवार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये २१ जनाको पोखरामै पोस्टमार्टम प्रक्रिया सुरु गरिएको छ। 

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीका अनुसार पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएका ६९ शवमध्ये पहिचान भएका २१ शवको पोखरामै पोष्टमार्टम गरी आफन्तलाई बुझाइने छ।

बाँकी शव काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल पठाउन लागिएको उनले बताएका छन्। 

‘आज साँझ परिसकेकाले मंगलबार बिहान सेनाको हेलिकोप्टरमार्फत् शव काठमाडौं पठाइन्छ’,सहायक प्रमुख जिल्ला अधिकारी शाहीले नेपालखबरसँग भने,‘भर्खरै पोस्टमार्टम सुरु भएको छ। शव आजै आफन्तलाई बुझाउने तयारी छ।’ 

उनका अनुसार आफन्तबाट शवको सनाखत गराएपछि पोस्टमार्टम गरिन लागेको हो। 

विमान दुर्घटनामा निधन भएका तीनजनाको अझै खोजी जारी छ। सेती खोंचमा गोताखोर र सुरक्षाकर्मीहरुले खोजी जारी राखेको पनि उनले बताए। 

अहिले पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा मृतकका आफन्तहरु शोकमग्न अवस्थामा छन्। विमान दुर्घटना भएको भोलिपल्ट साँझसम्म पनि शव बुझ्न नपाएको भन्दै उनीहरुले आक्रोश पोखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .