समाज


आन्तरिक उडानका सबै जहाजको प्राविधिक परीक्षण गर्न सरकारको निर्देशन

आन्तरिक उडानका सबै जहाजको प्राविधिक परीक्षण गर्न सरकारको निर्देशन

मन्त्रिपरिषद्पछि निर्णयबारे जानकारी दिँदै मन्त्री पौडेल। तस्बिर : नेपालखबर


नेपालखबर
माघ १, २०७९ आइतबार १५:१३, काठमाडौँ

सरकारले आन्तरिक उडानमा रहेका सबै जहाजको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ।

आइतवार काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएपछि सरकारले यस्तो निर्देशन दिएको हो। 

बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्देशन दिने निर्णय गरेको उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन्। 

'आगामी दिनमा हवाई दुर्घटना हुन नदिन आन्तरिक उडानतर्फ देशका सबै वायुसेवा कम्पनीहरुले आन्तरिक उडानमा रहेका आफ्ना विमानहरुको अनिवार्य प्राविधिक परीक्षण गर्नका लागि निर्देशन दिने निर्णय गरेको छ', उनले भने, 'यसको अनुगमन नागरिक उड्डयन प्राधिकरणले गर्नेछ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad