समाज


सन्दीपलाई लिन उनकै कार लिएर कारागार पुगे बाबुआमा

सन्दीपलाई लिन उनकै कार लिएर कारागार पुगे बाबुआमा

सन्दीपले चढ्दै आएको कार कारागार परिसरमा। तस्बिर : उजिर कार्की/नेपालखबर


नेपालखबर
पुस २९, २०७९ शुक्रबार १५:६, काठमाडौँ

क्रिकेटर सन्दीप लामिछानेलाई लिन उनका बाबुआमा नै केन्द्रीय कारागार पुगेका छन्। 

बलात्कारसम्बन्धी मुद्दामा जिल्ला अदालतबाट तारेख बुझेपछि उनी केही बेरमा केन्द्रीय कारागार सुन्धाराबाट रिहा हुन लागेका हुन्। 

सन्दीपलाई लिन उनले नै यसअघि चढ् आएको ग३च ६६८४ नम्बरको सेतो कार लिएर बाबुआमा कारागर परिसर पुगेका हुन्। 

स्वास्थ्य परीक्षण प्रक्रिया पूरा भइसकेकाले अहिले सन्दीप रिहा भएपछि बाबुआमाले बुझेर लानेछन्। 

पहेँलो ज्याकेट र पहेँलै स्कार्पमा देखिएका सन्दीप कारागार परिसरमा खुसी मुद्रामा छन्। उनलाई केही बेरमा रिहा गरिँदैछ।

उच्च अदालत पाटनको आदेशअनुसार सन्दीपका दाजुले शुक्रबार जिल्ला अदालत काठमाडौंमा २० लाख धरौटी बुझाएका थिए।

कारागार क्षेत्रमा सर्वसाधारणको भिड। तस्बिर : उजिर कार्की/नेपालखबर

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .