क्रिकेटर सन्दीप लामिछाने केन्द्रीय कारागारबाट रिहा हुँदैछन्।
बलात्कारसम्बन्धी मुद्दामा जिल्ला अदालतबाट तारेख बुझेपछि उनी केही बेरमा केन्द्रीय कारागार सुन्धाराबाट रिहा हुन लागेका हुन्।
उनलाई लिनका लागि ग३च ६६८४ नम्बरको सेतो कार लिएर सन्दीपका आफन्त कारागार परिसरमा पुगिसकेका छन्।
स्वास्थ्य परीक्षण प्रक्रिया पूरा भइसकेकाले अहिले सन्दीप आफन्तसँगै कारागार परिसरमा मुस्काउँदै देखिएका छन्।
पहेँलो ज्याकेट र पहेँलै स्कार्पमा देखिएका सन्दीप खुसी मुद्रामा छन्। अब उनलाई केही बेरमा छाडिँदैछ।
उच्च अदालत पाटनको आदेशअनुसार सन्दीपका दाजुले शुक्रबार जिल्ला अदालत काठमाडौंमा २० लाख धरौटी बुझाएका थिए।
66
Shares

प्रतिक्रिया