केन्द्रीय कारागारबाट शुक्रबार रिहा हुन लागेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी माघ ९ गतेलाई तोकिएको छ।
सन्दीपमाथि लागेको बलात्कारसम्बन्धी मुद्दाको अन्तिम छिनोफानो अघि बढाउन जिल्ला अदालत काठमाडौंमा आगामी माघ ९ गतेका लागि पेसी तोकिएको हो।
उक्त पेसीअनुसार मुद्दाको सुनुवाइ अघि बढेमा जिल्ला अदालते अन्तिम टुंगो लगाउन प्रक्रिया अघि बढाउने छ।
अहिलेलाई सन्दीप उच्च अदालतको आदेशले थुनामुक्त मात्रै भएका हुन्। जिल्ला अदालतले उनलाई थुनामै बसेर मुद्दा लड्नुपर्ने आदेश सुनाएको थियो।
तर उच्चले जिल्लाको आदेशलाई उल्ट्याउँदै सन्दीपलाई अन्तिम छिनोफानो नभएसम्म थुनाबाहिरै रहेर मुद्दा लड्ने सुविधा दिएको हो।
सन्दीप उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज भट्टराई र रमेश ढकालको इजलासले जिल्ला अदालतको आदेश बदर गर्दै २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न बिहीबार आदेश दिएको थियो।
उक्त आदेशअनुसार रिहा गर्न अदालतले कारागारमा पत्र पठाएको हो। भदौ ६ गते एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोप सन्दीपमाथि छ।
असोज २० गते विमानस्थलबाटै उनलाई प्रहरीले पक्राउ गरेको थियो। कात्तिक १४ गते अदालतमा मुद्दा दर्ता भएको थियो।
Shares

प्रतिक्रिया