समाज


शिक्षिकाले स्प्रिट पिउन दिँदा छात्राको मृत्यु, सिरहाको मिर्चैयामा तनाव, ६ राउण्ड हवाई फायर

शिक्षिकाले स्प्रिट पिउन दिँदा छात्राको मृत्यु, सिरहाको मिर्चैयामा तनाव, ६ राउण्ड हवाई फायर

नेपालखबर
पुस २४, २०७९ आइतबार १४:५६, काठमाडौँ

सिरहाको मिर्चैयास्थित सगरमाथा माध्यामिक विद्यालयमा अध्ययनरत छात्राको मृत्यु भएपछि त्यहाँ तनाव भएको छ। 

शुक्रबार विद्यालयमा औषधि खान पानी माग्दा शिक्षिकाले स्प्रिट दिएपछि छात्राको मृत्यु भएको थियो। 

कक्षा ८ मा अध्ययनरत सिरहा नगरपालिका ११ भलुवाहीकी १५ वर्षीया सिर्जना कुमारी महराको शनिबार राति उपचारको क्रममा फूलकुमारी महतो मेमोरियल अस्पतालमा मृत्यु भएको सिरहाका प्रहरी प्रवक्ता डीएसपी सुवास बुढाथोकीले जानकारी दिए। 

सिरहा नगरपालिका ११ भलुवाहीकी सिर्जनाको मृत्युपछि आइतबार बिहानै स्थानीय, अविभावक र विद्यार्थीले नाराबाजी गर्दै विद्यालयमा तोडफोड गरेका थिए। तोडफोडमा विद्यालयमा क्षति पुगेको छ। 

आइतवार बिहान १० बजेदेखि मिर्चैयास्थित पूर्वपश्चिम राजमार्ग उनीहरु अवरुद्ध पारेका छन्। विद्यार्थीहरुले ईलाका प्रहरी कार्यालय मिर्चैयामा ढुंगामुढा समेत गरेको प्रहरीले जनाएको छ।

तोडफोडपछि स्थिति नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय मिर्चैयाबाट प्रहरी टोली पुगेको थियो। छात्रालाई पानी माग्दा स्प्रिड दिएकी शिक्षिका अम्बिका लम्साललाई प्रहरी कार्यालय लगिएको छ। 

आक्रोशित भीडले प्रहरी कार्यालयमा पनि तोडफोड गरेको छ। आन्दोलन नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड हवाई फायर र ३ राउण्ड ग्यास सेल प्रहार गरेको छ। झडपमा ७/८ जना प्रहरी घाइते भएको डीएसपी बुढाथोकीले जानकारी दिए। 

शिक्षिका अम्विका लम्सालले पानी भनेर झुक्किएर स्प्रिट दिएको र त्यो खाएपछि सिर्जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। 

विद्यार्थीलाई उपचारका लागि तत्कालै कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पताल उपचारको क्रममा मृत्यु भएको थियो  ।

महिनावारी भएर पेट दुखेपछि छात्राले विद्यालयमा औषधि र पानी मागेकी थिइन्। 

शव पोष्टमार्टमका लागि सिरहा अस्पतालमा लगिएको छ। शिक्षिकामाथि सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad