दिपायल सिलगढी नगरपालिका-४ पिपल्ला गाउँ बस्ने ३३ वर्षीय तेज बिकको सेती नदीको पक्की पुल नजिक नुहाउने क्रममा नदीले बगाएर शनिबार दिउँसो मृत्यु भएको छ।
नुहाउने क्रममा नदीले बगाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दिपायलबाट खटिएको प्रहरीले घटनास्थलबाट करिब २ सय मिटर टाढा बेहोस अवस्थामा उद्धार गरी उपचारको लागि शैलेश्वरी अस्पताल पिपल्लामा पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
30
Shares
प्रतिक्रिया