हाल (आइतबार बिहान) देशका पहाडी क्षेत्रमा मौसम सामान्यतया सफा छ भने तराईका धेरै स्थानमा हुस्सु/कुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो प्रदेश नं १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा आंशिक बदली (आकाशमा बादल) रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
महाशाखाका अनुसार राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
तापक्रम
आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको महाशाखाका मौसमविद् राजु प्रधानांगले जानकारी दिए। यो तापक्रम अहिले बिहान ८:४५ बजे अपडेट गरिनेछ भने त्यतिबेला महाशाखाले देशका अन्य स्थानका न्यूनतम तापक्रम पनि सार्वजनिक गर्नेछ।
महाशाखाले आगामी २४ घण्टा (सोमबार बिहान ६ बजे) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ : तराईका धेरै भूभागमा बाक्लो हुस्सु÷कुहिरो लाग्ने र दैनिक जनजीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन हुन अनुरोध छ।
Shares

प्रतिक्रिया