समाज


यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट २५ जना विचौलिया पक्राउ

यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट २५ जना विचौलिया पक्राउ

नेपालखबर
पुस २१, २०७९ बिहिबार १८:५६, काठमाडौँ

यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट २५ जना विचौलिया पक्राउ परेका छन्।

बुधबार र बिहीबार काठमाडौंको चन्द्रागिरी नगरपालिका ५ स्थित यातायात ब्यवस्था कार्यालय गुर्जुधारा शाखाबाट उनीहरुलाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए। 

उनीहरुले सेवाग्राहीहरुलाई बिना इजाजत सेवा लिने र दिने कार्यमा बाधा पुर्‍याई लाग्ने दस्तुर भन्दा बढी दस्तुर लिने र छिटो छरितो काम गरिदिने भनी आश्वासन दिएर ठगेको पाइएपछि प्रहरीले पक्राउ गरेको हो। 

यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट पक्राउ पर्नेमा रौतहट विजयापुर नगरपालिका ११ का २१ वर्षीय आनन्द चौधरी, चन्द्रागिरी नगरपालिका ८ का २० वर्षीय निशान रिजाल, सुनसरीको इटहरी ९ का २६ वर्षीय किशोर थापा र चन्द्रागिरी नगरपालिका ८ का ३० वर्षीय नवीन श्रेष्ठ छन्।

त्यस्तै झापाको बिर्तामोड ६ का २८ वर्षीय अभिषेक चौधरी, मकवानपुरका २४ वर्षीय सुमेश नेपाली र चन्द्रागिरी नगरपालिका ८ का २५ वर्षीय रुबिन तामाङ पनि पक्राउ परेका छन्। 

यस्तै कास्कीको पोखरा उपमहानगरपालिका ३ का २८ वर्षीय श्रृजन थापा, चितवन खैरैनी नगरपालिका १ का ३१ वर्षीय प्रदिप सुनार, सर्लाही नगरपालिका १ का २३ वर्षीय अनिश हमाल, सिन्धुपाल्चोक पाखर गाउँपालिका १ का २२ वर्षीय बिबस तामाङ, झापा बिर्तामोड ६ का २५ वर्षीय आशिष खड्का, नुवाकोट बिदुर १ का २१ वर्षीय आकाश बोगटी, काठमाडौंको गोकर्णेश्वर ८ का २४ वर्षीय पासाङ शेर्पा पनि पक्राउ परेका छन्। 

कन्चनपुर कृष्णपुरका १ का २३ वर्षीय आकाश क्षेत्री, अछाम साफेबगर ५ का २४ वर्षीय एकेन्द्र बहादुर बुढा, डडेलधुरा गनेपधुरा ३ का २३ का मनोज देउवा, बारा जितपुर सिमरा उपमहानगरपालिका ४ का २६ वर्षीय नविन आले मगर, गोर्खा बिन्दीन १ का २८ वर्षीय बिकाश गुरुङ, नुवाकोट दुप्चेश्वर ७ का २८ वर्षीय टसी नङगेल तामाङ पक्राउ परेका छन्। 

दोलखा पौवटी ९ का २० वर्षीय प्रदिप भन्ने प्रताप सिंह थापा, मोरङ सुनसरी नगरपालिका २ का २२ वर्षीय अनिष कार्की, रुकुम पूर्व फुब्याउत्तर गंगाका २० वर्षीय बिनय बुढा मगर, सिन्धुली कमलामाई १२ का १९ वर्षीय प्रेवेश बुढाथोकी र काठमाडौंको गोकर्णेश्वर ८ का २० वर्षीय दोर्जे तामाङ पक्राउ परेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .