ad ad

समाज


राहदानी समस्या समाधानमा प्रधानमन्त्री सक्रिय, मुख्यसचिव त्रिपुरेश्वर जाने

प्राविधिक टोलीले काम थाल्यो
राहदानी समस्या समाधानमा प्रधानमन्त्री सक्रिय, मुख्यसचिव त्रिपुरेश्वर जाने

फाइल तस्बिर


नेपालखबर
पुस २१, २०७९ बिहिबार १४:२९, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राहदानी विभागस्थित वितरण शाखामा देखिएको प्राविधिक समस्या र लाइन लाग्नुपर्ने झन्झटिलो व्यवस्था अन्त्य गराउने प्रयास थालेका छन्।

बिहीबार उपप्रधानमन्त्रीहरु, मुख्यसचिवसँग दीर्घकालमा फेरि समस्या नआउने गरी समस्या समाधान गर्न प्रधामनन्त्री दाहालले निर्देशन दिएका हुन्। 

राहदानी वितरणमा देखिएको प्राविधिक समस्या समाधानका लागि छलफल थालेका प्रधानमन्त्री दाहालले सेवाग्राही लाइन लाग्नुपर्ने कारण पत्ता लगाएर त्यसको अन्त्य गर्न पनि निर्देशन दिएका छन्।

उनले लाइन नबसी राहदानी पाउने व्यवस्था मिलाउन पनि सम्बन्धित निकायलाई निर्देशन पनि दिएको स्रोतले जनाएको छ। 

‘प्रधामन्त्रीले आज अध्यागमन विभागको राहदानी वितरण शाखामा देखिएको प्राविधिक समस्यालाई फेरि दोहोरिन नदिन निर्देशन दिनुभएको छ,’ स्रोतले नेपालखबरसँग भन्यो, ‘उपप्रधानमन्त्रीहरु, मुख्यसचिव र विभागका प्रमुखहरुको छलफलमा उहाँले राहदानी वितरणलाई झन्झटिलो नबनाउन के गर्न सकिन्छ? भनेर प्रश्न गर्नुभयो।’

प्रधानमन्त्रीको निर्देशनलगत्तै प्राविधिक समस्या देखिएर काम रोकिएको राहदानी विभागमा प्रधानमन्त्री कार्यालयले प्राविधिक टोली त्रिपुरेश्वर पुगेको छ।

बुधबार पनि प्राविधिक टोलीले अनुमगन गरेको थियो।

‘आज प्राविधिक टोलीले समस्या समाधानको उपाय पत्ता लगाउनेछ,’ आइटी क्षेत्रका नीजि कम्पनीहरु पनि त्रिपुरेश्वर पुगेका छन्, खास समस्या आज पत्ता लाग्छ र समाधान पनि आजै हुन्छ,’ त्रिपुरेश्वर पुगेका एक प्राविधिकले भने। 

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राहदानी बनाउने भीड हटाएर सहज रुपमा राहदानी वितरण व्यवस्था मिलाउन निर्देशन दिएकै दिन मेसिनमा प्राविधिक समस्या देखिएको विभागले सूचना निकालेको थियो। 

स्रोतका अनुसार विहीबार दिउँसो ३ बजे मुख्यसचिव शंकरदास बैरागी अनुगमनमा जाने तयारी छ।

प्रधानमन्त्री प्रचण्डले राहदानीको समस्या समाधान गर्न सरोकारवाला निकायका प्रमुखलाई निर्देशन दिएका छन्।

उनले राहदानी लिने लाइनमा कोही नेपाली पनि बस्न नपर्नेगरी काम गर्न निर्देशन दिएका हुन्।

साथै, प्रधानमन्त्री कार्यालयका प्राविधिक टोलीलाई कहिँ कतै पनि प्राविधिक समस्या आएर काम रोकिन नहुने भन्दै सजग भएर काम गर्न निदेशन दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .