ad ad

समाज


सूर्यग्रहण जारी, ११:३३ मा सकिने

सूर्यग्रहण जारी, ११:३३ मा सकिने

नेपालखबर
पुस १०, २०७६ बिहिबार ४:०,

अहिले (बिहीबार बिहान) खण्डग्रास सूर्यग्रहण लागिरहेको छ।

काठमाडौं उपत्यकामा बिहान ८ बजेर ४३ मिनेटमा सूर्यग्रहण सुरु भएकाे हाे। 

नेपालको पश्चिम महेन्द्रनगरमा भने ८ बजेर ३८ मिनेट र पूर्व भद्रपुरमा ८ बजेर ४८ मिनेटमा ग्रहण सुरु भएको खगोलविद्ले बताएका छन्।

काठमाडौंमा १० बजेर १ मिनेटमा अधिकतम रूप लिँदा केही अँध्यारो र तापक्रम पनि घट्नेछ। ग्रहण ११ बजेर ३३ मिनेटमा सकिनेछ।

याे पनि : आज खण्डग्रास सूर्यग्रहण : कहाँबाट कसरी हेर्ने?

यो ग्रहण २०७६ सालको अन्तिम हो। यसअघि असार ३१ गते खण्डग्रास चन्द्रग्रहण लागेको थियो। 

खगोलविद् तथा ज्योतिषशास्त्रीका अनुसार ग्रहणलाई नांगो आँखाले भने हेर्न हुँदैन। यसले दृष्टिमा असर पुर्‍याउँछ। दूरबिन आदिबाट भने ग्रहण हेर्न सकिने उनीहरूको भनाइ छ।

सूर्य वा चन्द्रमाको आंशिक भागमा मात्र कालो धब्बा देखिने ग्रहणलाई खण्डग्रास ग्रहण भनिन्छ। पूरै भाग कालो हुने ग्रहणलाई चाहिँ खग्रास ग्रहण भनिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .