समाज


त्रिशूलीमा डुबेर किशाेर को मृत्यु

त्रिशूलीमा डुबेर किशाेर को मृत्यु

नेपालखबर
पुस ९, २०७६ बुधबार १३:५६,

विदुर नगरपालिका–७ का एक किशाेरको आज बिहान नदी तर्ने क्रममा त्रिशूली नदीमा डुबेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख अविनारायण काफ्लेका अनुसार विदुर–७ का १४ वर्षीय शंकर तामाङको मृत्यु भएको हो।

शंकर र उनका दुई साथी प्रातः भ्रमणमा निस्किएका थिए। काफ्लेका अनुसार घटना विदुर –१० स्थित तिरतिरे भीर नजिकै भैंसेमा नेपाल विद्युत प्राधिकरणको बाँधमा भएको हो।

नहरमा फड्किएर जान लाग्दा तामाङ खोलामा परेको प्रहरी प्रमुख काफ्लेले जानकारी दिए। तामाङ उत्तरगया माविमा कक्षा ८ मा अध्ययनरत थिए। तामाङको शव नेपाली सेनाको नुवाकोटस्थित जबरजङ्ग गणबाट खटिएको उद्धार टोलीले करीब सात घण्टामा फेला पारेको प्रहरीको भनाइ छ।

मृतकको परिवारले प्राधिकरणले नहर तारबार नगरी लापरवाहीले छाडेकाले घटना भएको भन्दै क्षतिपूर्तिको माग गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad