समाज


काठमाडौं महानगरको सहयोगमा निःशुल्क स्वास्थ्य शिविर, १६० बढीले लिए सेवा

काठमाडौं महानगरको सहयोगमा निःशुल्क स्वास्थ्य शिविर, १६० बढीले लिए सेवा

नेपालखबर
पुस १०, २०७९ आइतबार २१:३६, काठमाडौँ

नियमित जाँच तथा परीक्षणले रोग पत्ता मात्रै लाग्दैन, जनचेतना फैलाउने कार्य समेत हुदा दक्ष जनशक्तिद्वारा गरिने स्वास्थ्य शिविर निकै नै फलदायी हुन्छ।

यही कुरालाई मध्य नजर गर्दै यस काठमाडौं महानगरपालिका–१९ कंकेश्वरीस्थित शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र–१९ ले एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। १९ नम्बर वडा कार्यालय, एमडीएम फ्रान्स (विश्वका चिकित्सकहरु) र काठमाडौं महानगरपालिका (स्वास्थ्य विभाग) सँग सहकार्य गरेर शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र–१९ ले पहिलो शिविर सम्पन्न गरेको हो।  

‘फोहरको दिगो व्यवस्थापनका लागी स्वस्थ सफाईका वाहकहरु’ परियोजना अन्तर्गत यस शिविर आयोजना गरिएको थियो। एमडीएम फ्रान्स (विश्वका चिकित्सकहरु) ले परियोजनालाई आर्थिक तथा प्राबिधिक रुपमा सहयोग गर्दै आएको छ।

उक्त स्वास्थ्य शिविरमा मेडिकल डाक्टरद्वारा १६० जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो भने साथसाथै नि शुल्क ब्लड ग्रुपिङ, सुगर टेस्ट, इसीजी, भिडियो एक्सरे आदिको नि सुबिधा रहेको थियो।

शिविरमा बिरामीहरुलाई आवश्यक औषधि पनि निःशुल्क वितरण गरिएको थियो। शिविरमा स्वास्थ्यकर्मीहरु, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, वडा–१९, काठमाडौं महानगरपालिका, एमडीएम फ्रान्स, संयुक्त सफाई जागरणका कर्मचारीहरुको सहभागिता थियो।  

मेड्सा डु मोण्ड – फ्रान्सको आर्थिक तथा प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिका वडा नम्बर १९, कंकेश्वरीस्थित  शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र–१९ बाट सरसफाईकर्मीहरुले तथा सामुदायका मानिसहरुले लाभ लिइरहेका छन्।

यस प्रवर्द्धन केन्द्रमा मेडिकल डाक्टर, स्टाफ नर्स, ल्याब असिस्टेन्ट, हेल्थ असिस्टेन्ट र आइपीसी सपोर्ट स्टाफको मार्फत गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा प्रदान गरिन्छ। महानगरस्तरीय आवश्यक सुविधा सम्पन्न भएको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र १९ पहिलो हो। फोहरमैलामा संग्लग्न रहेका सरसफाईकर्मीहरुलाई पेशाजन्य स्वास्थ्य सेवा र टिडी खोप समेत नि शुल्क प्रदान गरिन्छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad