समाज


एसपी रामेश्वर यादव भ्रष्टाचार मुद्दामा सर्वोच्चद्वारा दोषी ठहर

विशेषको फैसला उल्टिएसँगै सेवाबाट बर्खास्त
एसपी रामेश्वर यादव भ्रष्टाचार मुद्दामा  सर्वोच्चद्वारा दोषी ठहर

नेपालखबर
पुस ८, २०७९ शुक्रबार १४:४६, काठमाडौँ

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक (एसपी)  भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। 

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएसँगै यादव नेपाल प्रहरीबाट बर्खास्तीमा परेका छन्। 

सर्वोच्चका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले यादवलाई दोषी ठहर गरको हो। 

विशेष अदालतको फैसला उल्ट्याउँदै सर्वोच्च अदालतले यही पुस ५ गते यादवलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो। 

उनीमाथि प्रहरी नायव उपरीक्षकका रुपमा रुपन्देहीमा २०७० सालमा कार्यरत रहेका बेला भ्रष्टाचार आरोपसहित अख्तिायर दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा हालेको थियो। 

उनीमाथि एकातिर भ्रष्टाचार आरोप थियो भने लागु औषधसम्बन्धी एक मुद्दामा घुस लिएको आरोप पनि लागेको थियो। यो प्रकरणमा यादवसहित हवल्दार ढकबहादुर गुरुङ जोडिएका थिए। यो मुद्दासँगै उनीहरु निलम्बित भएका थिए। 

तर यो मुद्दामा उनीहरुलाई विशेष अदालतले सफाइ दिएको थियो। त्यसपछि अख्तियार यो मुद्दा लिएर सर्वोच्च पगेको थियो। सर्वोच्चले यो फैसला दिएको २ दिनसम्म यादव प्रहरीमै कार्यरत थिए। उनलाई प्रहरीले बिहीबार सेवाबाट हटाएको छ।

अख्तियारले यो २०७२ सालमा विशेष अदालतमा लगेको थियो। लामो समयको प्रतिक्षापछि सर्वोच्च अदालतले यसको छिनोफानो गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad