१ सय २२ चिनियाँ नागरिक पाँच दिन हिरासतमा रहने भएका छन्। काठमाडौँ जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई अभद्र व्यवहार मुद्दामा ५ दिनको थुनामा राख्ने अनुमति दिएको हो।
उनीहरुलाई थुनामा राखेर थप अनुसन्धान गर्न प्रशासनले म्याद दिएको महानगरीय प्रहरी परिसर काठमाडौँका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए।
अवैध गतिविधिमा संलग्न रहेको आशंकामा सोमबार काठमाडौँका विभिन्न स्थानबाट १ सय २२ चिनियाँलाई काठमाडौँबाट पक्राउ गरिएको थियो।
प्रतिक्रिया