ad ad

समाज


बालबालिकाको लागि नेपालमा बृहद कोडिङ प्रतियोगिता हुने

बालबालिकाको लागि नेपालमा बृहद कोडिङ प्रतियोगिता हुने

नेपालखबर
पुस ५, २०७९ मंगलबार १५:५१, काठमाडौँ

यही पुस १७ देखि देशव्यापी रुपमा ८ देखि १६ वर्षसम्मका बालबालिकाको लागि कोडिङ प्रतियोगिता हुने भएको छ।

मेरो कोडिङ क्लासद्वारा आयोजित उक्त प्रतियोगितामा सबै बालबालिकाहरु सहभागी हुन सक्ने आयोजकले जनाएका छन्।

प्रतियोगितामा भाग लिनु अगावै बालबालिकाहरुलाई १० दिनको कोडिङ वर्कसप प्रदान गरिने छ।

बालबालिकाहरुलाई पूर्वकोडिङको ज्ञान नभएता पनि भाग लिनको लागि कुनै कठिनाई नहोस् भनेर उक्त १० दिनको वर्कसप दिन लागिएको हो।

जसमा बालबालिकहरुले कोडिङ्गको विभिन्न अवधारणाहरुको ज्ञान पाउने र प्रतियोगिताको लागि तयार हुने मेरो कोडिङ्ग क्लासले जानकारी गराएको छ।

बालबालिकाहरुलाई प्रतियोगितामा भाग लिई जम्मा २ लाख बराबरको कोडिङ् छात्रवृत्ति पाउनुको साथ–साथै अन्य पुरस्कार पनि प्रदान गरिने छ।

नेपालमै पहिलो पटक हुन गइरहेको कोडिङ किक स्टार्टले बालबालिकाहरुको लागि प्रतियोगिता, मनोरञ्जनको साथ–साथै भविष्यको लागि उपयुक्त ज्ञान पनि प्रदान गर्नेमा मेरो कोडिङ क्लास विस्वस्त रहेको जानकारी गराइएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .