काभ्रेपलाञ्चोकको बेथानचोकमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ।
दुर्घटनामा १३ जनाको घटनास्थलमै मृत्यु भएको हो।
च्याल्टीबाट बनेपातर्फ जाँदै गरेको बा ३ ख ४३८५ नम्बरको बस बेथानचोकमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
भान्जाको छेवरका लागि मामलीतर्फका आफन्त बोकेको बस साँझ दुर्घटना भएको काभ्रेका प्रहरी नायव उपरीक्षक ढुण्डिराज न्यौपानेले जानकारी दिए।
२९ जनालाई उद्धार गरी शिर मेमोरियल बनेपा र धुलिखेल अस्पतालमा लगिएको छ। सबैको अवस्था गम्भीर रहेको डीएसपी न्यौपानेले बताए।
भान्जाको छेवरमा मामलीहरु र आफन्त बनेपा ११ सल्लेबाट बिहान बस रिजर्भ गरेर बेथानचोकस्थित च्याल्टीमा गएका थिए। छेवर सकेर च्याल्टीबाट फर्किने क्रममा बस दुर्घटना भएको हो।
213
Shares

प्रतिक्रिया