समाज


मोटरसाइकल दुर्घटनाका घाइते किशोरको उपचारका क्रममा मृत्यु

मोटरसाइकल दुर्घटनाका घाइते किशोरको उपचारका क्रममा मृत्यु

नेपालखबर
मंसिर २७, २०७९ मंगलबार २०:४९, काठमाडौँ

गएको शनिबार सर्लाहीको हरिवनमा भएको सवारी दुर्घटनाका घाइते अर्का किशोरको पनि मृत्यु भएको छ। 

मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका हरिवन ८ का गिरिराज रानाका छोरा १८ वर्षीय साहिल रानाको उपचारका क्रममा मंगलबार वीरगन्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका हरिवन ८ डाँडाटोल निवासी २२ वर्षीय नवीन राईको शनिबार राति नै बयोधा अस्पतालमै मृत्यु भएको थियो।

सोही दुर्घटनामा स्थानीय एकराज घिमिरेका छोरा विज्ञान घिमिरे पनि  गम्भीर घाइते भएका थिए। उनको बयोधा अस्पतालमै उपचार भैरहेको छ।

शनिबार हरिवन नगरपालिका १ भोक्टेनीमा ज १ च १७१९ नम्बरको बोलेरोले विपरीत दिशाबाट आउँदै गरेको ना ५३ प ९७९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तीनजना युवक गम्भीर घाइते भएका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad