समाज


काठमाडौँको तापक्रम ५ डिग्रीमा झर्‍यो

काठमाडौँको तापक्रम ५ डिग्रीमा झर्‍यो

नेपालखबर
मंसिर २६, २०७९ सोमबार ७:३३, काठमाडौँ

अचेल दैनिक रूपमा तापक्रम क्रमश: घटिरहेको छ भने चिसो बढिरहेको छ। हिजो (आइतबार) ६ डिग्रीमा झरेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज अझ ओरालो लागेको छ। 

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस देखिएको हो। २४ घण्टामा झन्डै १ डिग्री तापक्रम घटेको हो। 

अहिले बिहान ८:४५ बजे न्यूनतम तापक्रम पुनः मापन गरिने र त्यसबेला अझ घट्ने सम्भावना हुने उनले बताइन्। त्यसबेला महाशाखाले देशका अन्य स्थानका न्यूनतम तापक्रम पनि सार्वजनिक गर्नेछ। 

हिजोको मापनअनुसार भने देशका विभिन्न स्थानका अधिकतम तथा न्यूनतम तापक्रम यसप्रकार छ :

आजको मौसम 

महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। यतिबेला (सोमबार बिहान) देशभर मौसम सामान्यतया सफा छ। पूर्वी तराईका केही स्थानमा भने हल्का हुस्सु/कुहिरो लागेको छ। तर घाम लागेसँगै हटेर जाने मौसमविद्ले बताएका छन्। 

महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज दिउँसो देशका पहाडी भेगमा आंशिक बदली (आकाशमा थोरै बादल) रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। 

राति भने प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा छ। 

महाशाखाले आगामी २४  घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। 

त्यसमा भनिएको छ : तराईका केही भूभागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने  तथा देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad