देशका अधिकांश स्थानमा तापक्रम क्रमिक रूपमा घट्दै जाने र चिसो बढ्दै जाने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसैकारण चिसोबाट बच्न महाशाखाले सुझाव दिएको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ, ‘तराई भूभागमा हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन हुन अनुरोध छ।’
यसैबीच आज बिहान ५:४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको तापक्रम ७.२ डिग्री सेल्सियस रहेको महाशाखाका मौसमविद् हीरा भट्टराईले जानकारी दिए। यो अहिले बिहान ८:४५ बजे अपडेट गरिनेछ भने त्यतिबेला देशका अन्य स्थानको न्यूनतम तापक्रम पनि प्रकाशन हुनेछ।
हिजो बिहीबार भने देशका विभिन्न स्थानका अधिकतम र न्यूनतम तापक्रम यसप्रकार छ–
आजको मौसम
मौसम महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।
आज दिउँसो प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली (आकाशमा थोरै बादल) र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार राति प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भेगमा आंशिक बदली र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
Shares
प्रतिक्रिया