सर्वोच्च अदालत परिसरबाट प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ।
अनेक विवादित अभिव्यक्तिका कारण सामाजिक सञ्जाल र युट्युबमा भाइरल भइरहेकी तारा बराललाई प्रहरीले पक्राउ गरेको हो।
उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग निष्क्रिय भएसँगै सर्वोच्च अदालतको गेटमा धर्ना बसेका वकिलहरुको समूहमाथि जुत्ता हानेकमी थिइन्।
धर्नामा बसेका वकिलहरुलाई जुत्ता हानेर गालीगलौज गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। अहिले उनलाई प्रहरी भ्यानमा हालेर लगिएको छ।
मंसिर २१, २०७९, बुधबार
प्रतिक्रिया