नेपालगन्जबाट हुम्लाको लागि खाद्यान्न बोकेर उडेको यती एयरलाइन्सको भगिनी कम्पनी तारा एयरको जहाजमा आज चिल ठोक्किएको छ।
तारा एयरको नाइनएन–एकेएल ट्विटअटर जहाजमा चिल ठोक्किएको हो।
विमान अवतरण गर्नैलाग्दा चिल ठोक्किए पनि सकुशल सिमिकोट हुम्ला विमानस्थलमा अवतरण गराइएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।
उनका अनुसार त्यसपछि मध्याह्न १२ः३० मा विमान अवतरण भएको थियो। चिल ठोक्किँदा विमानको अग्रभाग (नोज)मा क्षति पुगेको छ। विमानमा कार्गोमात्र रहेको र चालक दलका सबै सदस्य सकुशल रहेको कम्पनीले जनाएको छ।
तारा एयरका प्राविधिक टोलीले विमानस्थलमा पुगी विमानको चेकजाँच गरिरहेको कम्पनीको भनाइ छ।
मंसिर २१, २०७९, बुधबार
45
Shares
प्रतिक्रिया