ad ad

समाज


क्राइस्टचर्च नरसंहारपछि न्युजिल्यान्डमा ५६ हजार स्वचालित बन्दुक सरकारलाई बुझाइयो

क्राइस्टचर्च नरसंहारपछि न्युजिल्यान्डमा ५६ हजार स्वचालित बन्दुक सरकारलाई बुझाइयो

नेपालखबर
पुस ६, २०७६ आइतबार ७:१२,

९ महिनाअघि न्युजिल्यान्डको क्राइस्टचर्चमा एक बन्दुकधारीले मस्जिदमा गोली चलाउँदा ५१ जनाको ज्यान गएको थियो। सरकारले तत्कालै थुप्रैखाले स्वचालित बन्दुकमा प्रतिबन्ध लगायो।

त्यसयता ५६ हजार स्वचालित बन्दुक संकलन गरिसकेको सरकारले जनाएको छ।

सो आक्रमणको एक महिना नबित्दै प्रधानमन्त्री जासिन्दा आर्डेनले बन्दुक प्रतिबन्ध लगाएकी थिइन्, जसको प्रशंसा भएको थियो।

त्यसपछि प्रहरीले ६ महिनाभित्र स्वचालित बन्दुक बुझाउनेलाई बन्दुकको पैसा तिर्ने कार्यक्रम लागू गरेको थियो।

शुक्रबार सो मिति सकिएको छ।

शनिबार प्रहरीले यो अवधिमा ३३ हजार व्यक्तिले ५६ हजार बन्दुक बुझाएको जानकारी दिएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .