थापाथलीस्थित सुकुम्बासी वस्ती हटाउने क्रममा सुकुम्बासी बस्तीका बासिन्दा र प्रहरीबीच भिडन्त हुँदा घाइते भई उपचाररत नगर प्रहरीको स्वास्थ्य अवस्था बुझ्न काठमाडौँ महानगरपालिककी उपमेयर सुनिता डंगलो नर्भिक अस्पताल पुगेकी छन्।
झडपमा परि ३४ जना नगर प्रहरी घाइते भएका थिए। ती मध्ये १५ जना महिला प्रहरी रहेको डंगोलले जानकारी दिइन्।
‘घाइते हुनुभएका नगर प्रहरी साथीहरूको स्वाथ्य अवस्था बुझ्न म नर्भिक अस्पताल पुगेर फर्किएकी छु,’ डंगोलले भनिन्, ‘३४ मध्ये अरु उपचारपछि फर्किनु भएको छ। अहिले तीन जना महिला प्रहरी अस्पतालमै उपचाररत हुनुहुन्छ। उहाँहरुको स्वाथ्य उपचारमा कुनै पनि कमी हुन नदिन मैले अस्पताल प्रशासनलाई आग्रह गरेकी छु।’
बागमती खोला छेउमा रहेको सुकुम्बासी बस्ती हटाउन डोजर चलाउन खोज्दा त्यसको प्रतिरोधमा सुकुम्बासीहरूले ढुंगामुढा गर्दा ३४ जना नगर प्रहरीहरू घाइते भएका थिए।
प्रतिक्रिया