थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासीहरुको बस्ती हटाउन पुगेका काठमाडौं महानगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेको टाउको फुटेको छ।
बस्ती हटाउन आएपछि प्रतिकारमा उत्रिएकाहरुले घरेलु हतियार र ढुंगामुढा गर्दा महानगरका कयौँ प्रहरी घाइते भएका छन्।
त्सक्रममा आक्रमक बनेका सुकुम्बासीहरुले ढुंगा र इँटा हान्दा महानगरका एसपी राजु पाण्डेको टाउको फुटेको छ। ढुंगाले लागेर टाउकोमा चोट लागेपछि उनको अहिले उपचार भइरहेको छ।
एसपी पाण्डे बस्ती हटाउने योजनासहित सयौँ नगरप्रहरी लिएर बस्तीमा पुगेका थिए। तर सुकुम्बासी बस्तीकाहरु घरेलु हतियारसहित उत्रिएपछि तनाव भएको हो।
618
Shares
प्रतिक्रिया