ad ad

समाज


मेष र वृषको दाम्पत्य जीवन सुखमय हुने, कर्कट समस्यामा फस्ने, तपाईँको के? हेर्नुस् ३० वैशाखको राशिफल

मेष र वृषको दाम्पत्य जीवन सुखमय हुने, कर्कट  समस्यामा फस्ने, तपाईँको के? हेर्नुस् ३० वैशाखको  राशिफल

पण्डित नारायणप्रसाद दुलाल
बैशाख ३०, २०८१ आइतबार ४:४७, काठमाडौँ

मेष : सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने र धार्मिक कार्यमा सहभागी भइनेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। वुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ तर साँझमा झन्झटिलो कार्यमा समय खेरा जानसक्छ।  

भाग्यशाली रङ्ग हरियो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५०, सेयरबजारमा ५१, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५६, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

वृष : प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। जोशजाँगर र हिम्मत बढ्नेछ। वाहन वा भूमिबाट पनि लाभ रहला। स्वादिष्ट र सुखद् भोजन मिल्नेछ तर स्वास्थ्यको ख्याल गर्नु पर्नेछ।

भाग्यशाली रङ्ग गुलाबी र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ७६, सेयरबजारमा ५५, वैदेशिक कार्यमा ७० र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्रेमीको सल्लाह मान्ने। अखाद्य वस्तु सेवन नगर्ने।

मिथुन : शुभकार्यको चर्चा चल्नेछ। चलाखीपूर्ण बोलीले कार्य सिद्ध होला। पारिवारिक प्रेम सम्बन्ध कसिलो हुनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्न सक्छन्। सट्टेबाजी र सेयरबजारमा गरेको लगानीले राम्रै प्रतिफल दिलाउनेछ।

भाग्यशाली रङ्ग पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ८८, व्यापारमा ७१, सेयरबजारमा ६८, वैदेशिक कार्यमा ७० र शिक्षामा ५४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६३ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। दक्षिण दिशाको यात्रा नगर्ने।  

कर्कट : स्वास्थ्यप्रति सजग रहन आवश्यक छ। पारिवारिक समस्या आइपर्ला। विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ तर धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। प्रणय सम्बन्ध सामान्य नै रहने देखिन्छ।

भाग्यशाली रङ्ग निलो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ४७, सेयरबजारमा ३७, वैदेशिक कार्यमा ४१ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग सुझाव लिने कालो रङ्गको प्रयोग नगर्ने।

सिंह : पढाइ लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। आकस्मिक धनलाभ हुनेछ। दाजुभाइ तथा साझेदारहरू सँग मिलेर गरिने पेसा व्यवसायबाट भनेजस्तो पैसा कमाउन सकिएला।

भाग्यशाली रङ्ग निलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ६८, व्यापारमा ७७, सेयरबजारमा ८१, वैदेशिक कार्यमा ५५ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ५२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङ्गको प्रयोग नगर्ने।

कन्या : चलाखी पूर्ण बोलीले काम बन्न सक्छ। शैक्षिक क्षेत्रमा प्रगति नै होला। आफ्नो क्षेत्रमा नयाँ योजना बनाउन सकिनेछ। अकस्मात् धन सम्पत्ति हात पर्नेछ। दिनको मध्यमा जिद्दीपनाले गर्दा काम बिग्रिन सक्छ।

भाग्यशाली रङ्ग गुलाबी र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ७१, सेयरबजारमा ६६, वैदेशिक कार्यमा ७५ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६७, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। आवेगमा लगानी नगर्ने।

तुला : सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। कसैलाई सापटी दिएको रकम फिर्ता मिल्नसक्छ। मनमा खुसियाली बढ्नेछ। स्वादिष्ट परिकार खान पाइएला। लामो समयदेखि रोकिएका कामहरू पूरा हुनेछन्।

भाग्यशाली रङ्ग आकाशे र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६२, सेयरबजारमा ७०, वैदेशिक कार्यमा ८६ र शिक्षामा ७२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छल कपट नगर्ने।  

वृश्चिक : गलत निर्णय लिन पुगिएला। विपक्षीको जालझेलबाट सावधान रहनुपर्नेछ। जिद्दीपनाले गर्दा काम बिग्रिने डर छ। स्फूर्ति र उमङ्गको कमी हुनेछ। मनमा चञ्चलता बढ्नेछ तर साँझमा शुभ समाचार सुन्नमा आउला।

भाग्यशाली रङ्ग हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ५१, सेयरबजारमा ३३, वैदेशिक कार्यमा ४९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ४२ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

धनु : परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। सहयोगी हातहरू अघि बढ्नेछन्। जीवन सामान्य नै रहनेछ। महत्त्वपूर्ण कामको थालनी हुनेछ। सांगीतिक क्षेत्रमा रुचि बढ्ने तर वैदेशिक क्षेत्रको काम भने अधुरै रहला।

भाग्यशाली रङ्ग गुलाबी वा सेतो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ७९, सेयरबजारमा ६३, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६०, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीको दर्शन गर्ने। हरियो रङ्गको प्रयोग नगर्ने। 

मकर : रमणीय र सुखद् यात्राको योग छ। नयाँ वस्त्र उपहार पाइनेछ। आयआर्जनका क्षेत्रमा सुधार आउनेछन्। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। प्राविधिक कार्यबाट सफलता मिल्नेछ। घरमा अतिथिको आगमन हुनेछ।   

भाग्यशाली रङ्ग गुलाबी र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ७७, सेयरबजारमा ५९, वैदेशिक कार्यमा ८० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४५, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङ्गको प्रयोग नगर्ने।

कुम्भ : तीर्थाटनको योग छ। अतिथिको रूपमा सत्कार पनि पाइनेछ। सेयरबजारको लगानीबाट भने राम्रै लाभ हुनेछ। पारिवारिक माहोल तथा माङ्गलिक कार्यमा सहभागि भइनेछ। शुभ कार्यको चर्चा चल्नाले मनमा शान्ति छाउनेछ।

भाग्यशाली रङ्ग हरियो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ६५, सेयरबजारमा ६०, वैदेशिक कार्यमा ७४ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६०, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसीक भोजन नगर्ने।

मीन : समय मध्यम खालको छ। आफ्नो विचार विपरित निर्णय हुनेछ। पुँजी बजारमा नोक्सानी हुनसक्छ। परिवारभित्र मनमुटाव बढ्ने सङ्केत छ। लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला।

भाग्यशाली रङ्ग पर्पल र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ६४, सेयरबजारमा ७५, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६८, यात्राको योग ६० र सम्पूर्ण भाग्याङ्क ८० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .