समाज


‘उपत्यकाकाको निर्वाचन सुरक्षामा कुनै कसर बाँकी राखिएको छैन’

‘उपत्यकाकाको निर्वाचन सुरक्षामा कुनै कसर बाँकी राखिएको छैन’

शुक्रबार बिहान ललितपुरको जावलाखेलमा शंकास्पद वस्तु भेटिएपछि परिचालित सुरक्षाकर्मी।


नेपालखबर
मंसिर ३, २०७९ शनिबार ७:१२, काठमाडौँ

यही ४ गतेको चुनाव प्रभावित पार्ने उद्देश्यले काठमाडौँका विभिन्न चार स्थानमा राखिएका शङ्कास्पद वस्तु हटाइएको छ। निर्वाचनको पूर्वसन्ध्यामा तर्साउनका लागि राखिएको नक्कली वस्तु शुक्रबार हटाइसकिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए।

उनका अनुसार ती सबै वस्तु नक्कली रहेको र नेपाली सेनाको बम डिस्पोजल टोलील हटाएको हो। उनले ती वस्तुहरू शुक्रबार ललितपुरको एकान्तकुना, काठमाडौँको तारकेश्वर नगरपालिका–१, भत्केको पुल नजिक र अर्को बूढानीलकण्ठको स्पेसलचोकमा फेला परेको जानकारी दिए। 

बिहीबार रातिदेखि नै निर्वाचनको मौन अवधि सुरु भएसँगै प्रहरीले सुरक्षा व्यवस्था चुस्त पारेको उनले बताए। उनले उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा कूल पाँच हजार चार सय ७३ म्यादी र र चार हजारभन्दा बढी नेपाल प्रहरी निर्वाचनका लागि खटिएको जानकारी दिए।

नियमित सुरक्षामा तीन हजारभन्दा बढी परिचालित छन्। अझै निर्वाचनमा सुरक्षा जनशक्ति बढाउने क्रममा रहेका पनि उनले बताए।

‘निर्वाचनको शान्तिसुरक्षामा कुनै कसर बाँकी राखिएको छैन, निर्वाचन लक्षित सुरक्षा योाजना अनुसारका टोलीहरु खटिएर गइसकेका छन्, निर्वाचन शान्तिपूर्ण हुन्छ’, रिजालले भने। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad