भक्तपुरमा कार र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। शनिबार साँझ साढे ७ बजेतिर भएको दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सन्दीप बस्नेतको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजु पाण्डेले नेपालखबरलाई जानकारी दिए।
बा ६ च ८१५ नम्बरको कार र बा २८ प ७३९२ नम्बरको बाइक एक आपसमा ठोकिएका थिए।
उनका अनुसार भक्तपुरको सल्लाघारीमा दुई सवारी एक आपसमा ठोकिएको थियो। ‘अहिले कार र कारका चालकलाई नियन्त्रणमा लिइएको छ,’ पाण्डले नेपालखबरसँग भने, ‘इवामुरा अस्पतालमा उपचार गराउँदै गर्दा बस्नेको मृत्यु भयो,’
बस्नेत काभ्रे पाँचखाल नगरपालिकाका रहेको प्रवक्ता समेत रहेका पाण्डेले बताए।
54
Shares
प्रतिक्रिया