ad ad

समाज


पत्रकार सरोजराज अधिकारी मृत फेला

पत्रकार सरोजराज अधिकारी मृत फेला

नेपालखबर
कात्तिक २३, २०७९ बुधबार २०:२०, काठमाडौँ

पत्रकार सरोजराज अधिकारी मृत फेला परेका छन्।

सुनधाराको सिद्धार्थ होटलको कोठाभित्र झुण्डिएको अवस्थामा उनी मृत फेला परेको काठमाडौं प्रहरी प्रमुख एसएससपी भरत बोहराले बताए।

अधिकारी हराएको भन्दै उनकी श्रीमतीले बुधबार काठमाडौं परिसरमा निवेदन दिएकी थिइन्।

खोजतलासको निवेदनपछि अनुसन्धान गर्दै जाँदा उनलाई होटलमा मृत फेला पारेको एसएसपी बोहराले नेपालखबरलाई बताए।

प्रहरीले फोन ट्रयाकिङसँगै आफन्तलाई साथै लगेर होटलहरुमा समेत खोजतलास गर्ने क्रममा सिद्धार्थमा इन्ट्रि भएको देखिएको थियो।

त्यसपछि उनी बसेको होटलको कोठामा श्रीमतीसहित पुग्दा कोठा भित्रबाटै बन्द थियो। त्यसपछि प्रहरी र आफन्तले ढोका फोडेका थिए।

भित्र झुण्डिएको अवस्थामा फेला परेका थिए। प्रारम्भिक रुपमा उनले आत्महत्या गरेको देखिए पनि अन्य हिसावबाट पनि अनुसन्धान भइरहेको एसएसपी बोहराले बताए।

अधिकारी २१ गते स्कुटरमा होटलमा पुगेको पाइएको प्रहरीले जनाएको छ।

उनको जासुसीको जालो नामक पुस्तक चर्चित छ। यसबाहेक उनका ‘चक्रब्यूहमा चन्द्रसूर्य’ र ‘धम्बोजी’ उपन्यास प्रकासित छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .