समाज


चुनावका लागि आजदेखि नवलपरासीपूर्वमा मदिरा बेच्न प्रतिबन्ध

चुनावका लागि आजदेखि नवलपरासीपूर्वमा मदिरा बेच्न प्रतिबन्ध

फाइल तस्बिर


नेपालखबर
कात्तिक २३, २०७९ बुधबार १२:३३, मध्यबिन्दु

आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्ष्य गरी आजदेखि नवलपरासीपूर्वमा मदिरा बिक्री-वितरणमा पूर्ण प्रतिबन्ध लगाइएको छ। 

मदिरा बेचबिखन र सेवनका कारण समाजमा अप्रिय घटना हुने तथा निर्वाचनविरोधी गतिविधि हुन सक्ने सम्भावना देखिएकाले मदिरा बेचबिखन, ओसारपसार तथा सेवनमा निर्वाचन अवधिभर पूर्ण प्रतिबन्ध लगाइएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

‘जिल्लाभरि मदिरा बिक्री र खुला रूपमा सेवन नगर्न/नगराउन सार्वजनिक सूचना जारी गरी निर्देशन दिएको हो’, प्रजिअ सुमन घिमिरेले भने, ‘निर्वाचनको समयमा राजनीतिक दलका कार्यकर्ताले मदिरा सेवन गरी होहल्ला गर्ने तथा शान्ति-सुरक्षामा असर पर्ने भएकाले मदिरा बिक्री-वितरण तथा सेवनका लागि निर्वाचन अवधिसम्मका लागि प्रतिबन्ध लगाइएको छ।’

निर्वाचनलाई लक्षित गरी मदिरा बेचबिखन, ओसारपसार तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाउने निर्णयलाई कार्यान्वयनका लागि जिल्लाभर रहेका सुरक्षा युनिटमा निर्देशन दिइसकिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .