ad ad

समाज


भूकम्पका घाइतेको उपचार डोटीमा हुँदै

भूकम्पका घाइतेको उपचार डोटीमा हुँदै

भूकम्पले डोटीमा ध्वस्त घर। तस्बिर : रासस


नेपालखबर
कात्तिक २३, २०७९ बुधबार १०:३, काठमाडौँ

गएरातिको भूकम्पमा परी गम्भीर घाइते भएका पाँच जनाको उपचार डोटी अस्पतालमा भइरहेको छ। 

घाइतेलाई नेपाली सेनासहितका सुरक्षाकर्मीको टोलीले उद्धार गरी उपचारका लागि हेलिकप्टरबाट डोटी अस्पताल पुर्‍याइएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए। 

यसैगरी घाइते हुनेमा ४० वर्षीया इनाकीदेवी बोहरा, ११ वर्षीया धौली बोहरा, ४५ वर्षीया विष्णादेवी बोहरा, ४६ वर्षीया चानादेवी बोहरा र ५० वर्षीय माद्धावीर बोहरा छन्।

सुर्खेत र कैलालीको धनगढीबाट गएको हेलिकप्टरले उनीहरूको उद्धार गरेको हो। उद्धारसँगै तत्काल आवश्यक खाद्यान्न र टेन्टसमेत लिएर भैरवनाथ गणको टोली सो क्षेत्रमा खटिएको सेनाले जनाएको छ। 

गएराति २ बजेर १२ मिनेटमा डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रबिन्दु भएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्पबाट डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा घर भत्किँदा ६ जनाको मृत्यु भएको थियो। उक्त ठाउँमा आठ घर पूर्ण रूपमा भत्किएर क्षति पुगेको बताइएको छ। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .