समाज


बैतडीको दशरथचन्दमा बिहीबार सार्वजनिक बिदा

बैतडीको दशरथचन्दमा बिहीबार सार्वजनिक बिदा

नेपालखबर
कात्तिक १६, २०७९ बुधबार २०:४२, काठमाडौँ

बैतडीको दशरथचन्द नगरपालिकाले बिहीबार सार्वजनिक बिदा दिएको छ।   

दशरथचन्द–८ मा रहेको प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरमा जात्रा लाग्ने भएकाले बिहीबार सार्वजनिक बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दले बताए।

बिहीबार नगरभित्रका सबै शिक्षण संस्था, सरकारी तथा गैरसरकारी निकाय बन्द रहनेछन्।

त्रिपुरासुन्दरी मन्दिरमा कार्तिक शुक्लअष्टमी र शुक्लनवमीमा भव्य जात्रा लाग्ने गर्दछ। यहाँ भारतीय दर्शनार्थीसमेत आउने गरेका छन्।

यसअघि बुधबार पाटन नगरपालिका–२ स्थित महारुद्र मन्दिरमा लाग्ने मेलाको अवसरमा सार्वजनिक बिदा दिइएको थियो।  

तिहार सकिएसँगै बैतडीसहित सुदूरपहाडका शक्तीपीठ र मन्दिरमा जात्राको रौनक छाएको छ। यहाँ तिहारपछि १५ दिन जात्रा लाग्ने गर्दछ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .