समाज


अवस्था ठिक नभएका १६वटा सवारीका चालक कारबाहीमा, एउटा सवारी साधन नियन्त्रणमा

अवस्था ठिक नभएका १६वटा सवारीका चालक कारबाहीमा, एउटा सवारी साधन नियन्त्रणमा

फाइल फोटाे


नेपालखबर
कात्तिक १५, २०७९ मंगलबार २१:३, काठमाडौँ

भक्तपुरको जगातीमा आज गरिएको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नभएका हाईस, विङगर र टाटासुमो लगायतका १६ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गर्नुका साथै एउटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ।

तालिम प्राप्त प्राविधिक सहितको टोलिद्वारा आज दिउँसो गरिएको चेकिङको क्रममा हेण्डब्रेक नभएका, लाइटहरु नभएका र टायर धेरै  घिसिएका लगायत अवस्था ठिक नभएका १६ओटा सवारी साधनका चालकलाई कारबाही गरिएको र एउटा सवारी साधनलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिईएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए। आज भएको चेकिङमा ४२ ओटा सवारी साधनको अवस्था चेकजाँच गरिएको थियो।

अवस्था ठिक नभएको सवारी साधन चलाउँदा सवारी दुर्घटना बढ्न सक्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्न सक्ने भएकाले सम्भावित जोखिम कम गर्न आज दिउँसो सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक अनिल उप्रेतीको कमाण्डमा ट्राफिक प्रहरीको टोली भक्तपुरको जगातीमा क्षेत्रमा खटिएको काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताए। 

अवस्था ठिक भएमा मात्रै सवारी साधन सञ्चालन गर्न सम्पूर्ण यातायात व्यवसायी, सवारी धनी तथा चालकहरुलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .