ad ad

राजनीति


एमालेको घोषणा पत्र : पुरानै कामको प्रचार गरेर मत तान्ने दाउ

एमालेको घोषणा पत्र : पुरानै कामको प्रचार गरेर मत तान्ने दाउ

नेपालखबर
कात्तिक १५, २०७९ मंगलबार १५:२९, काठमाडौँ

नेकपा एमालेले मंसिर ४ को चुनावका लागि ल्याएको घोषणा पत्रमा आफ्ना पुरानै कामको प्रचार गरेको छ। 

एमालेले मंगलबार होटल याक एन्ड यतिबाट सार्वजनिक प्रतिनिधि सभा र प्रदेश सभा चुनावको घोषणापत्रमा २०५१ सालको मनमोहन अधिकारी नेतृत्वको र २०७४ को केपी शर्मा ओली नेतृत्वको शक्शिाली सरकारका कामहरुको प्रचार गरिएको छ।

७४ पृष्ठ र २० पृष्ठको परिशिंष्टाङ्कसहित ९४ पृष्ठमा रहेको घोषणापत्रमा २०५१ मा महमहोहन अधिकारी प्रधानमन्त्री हुँदा गरेका कामलाई एमालेले पहिलो 'पोलिसी डिपार्चर' भनेको छ।

यस्तै २०७४ मा बनेको ओली नेतृत्वको सरकारको ४१ महिनामा गरेको कामहरु ८२ माइलस्टोनका रुपमा एमालेले चर्चा गरेको छ।

घोषणा पत्रमा एमालेले आफ्नै नेतृत्वमा सरकार बनाए २० वटा ग्यारेन्टी काम गर्ने एमालेले योजनाअघि सारेको छ। जसमा स्वास्थ्य, आइटी, विज्ञान प्रविधिलाई मुख्य प्राथमिकता दिइएको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .