ad ad

समाज


पहाडी भेगमा आंशिक बदली, बाँकी स्थानमा मौसम सफा

कहाँको तापक्रम कति पुग्यो?
पहाडी भेगमा आंशिक बदली, बाँकी स्थानमा मौसम सफा

फाइल तस्बिर


नेपालखबर
कात्तिक १४, २०७९ सोमबार ७:४३, काठमाडौँ

अहिले (सोमबार बिहान) देशको पहाडी भेगमा आंशिक बदली छ भने देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार दिउँसो पनि पहाडी भेगमा आंशिक बदली हुनेछ भने देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ। दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा भने हल्का वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार आज राति प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भेगमा आंशिक बदली हुनेछ भने देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ। प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

क्रमशः तापक्रम घट्दै, चिसो बढ्दै
मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार बिस्तारै तापक्रम घट्दो र चिसो बढ्दो क्रममा छ। 

‘त्यस्तो धेरै छिटोछिटो होइन, बिस्तारै दिनदिनै तापक्रम घट्ने र चिसो बढ्ने क्रम चलिरहेको छ’, मौसमविद् हीरा भट्टराईले भने। 

उनका अनुसार आज बिहान ५ः४५ बजे गरिएको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ११.८ डिग्री सेल्सियस छ। बिहान ८ः४५ बजे यो पुनः अपडेट गरिनेछ भने देशका अन्य स्थानका न्यूनतम तापक्रम पनि प्रकाशन हुनेछ। 

हिजो आइतबारको मापनअनुसार भने देशका विभिन्न स्थानका न्यूनतम र अधिकतम तापक्रम यस्ताे छ : 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .