ad ad

समाज


गौरीघाट पुगेर राष्ट्रपति भण्डारीले गरिन् छठ पूजा (तस्बिरहरु)

गौरीघाट पुगेर राष्ट्रपति भण्डारीले गरिन् छठ पूजा (तस्बिरहरु)

गौरीघाटमा छठ पूजा गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
कात्तिक १३, २०७९ आइतबार १८:१७, काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारीले कमलपोखरी र गुहेश्वरीस्थित गौरीघाट पुगेर छठी माताको पूजा आराधना गरेकी छन्। 

काठमाडौँ महानगरपालिकाको संयोजनमा तयार गरिएको कमलपोखरीस्थित पूजा स्थलमा पुगी उनले अस्ताउँदो सूर्यलाई अर्घ्यदान गरेकी हुन्। 

त्यसअघि राष्ट्रपति भण्डारीले पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि बाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थलमा गई सूर्यसहित छठी माताको पूजा आराधाना र अर्घ्यदान गरेकी थिइन्। 

अस्ताउँदो सूर्यको पूजा आराधना गर्न कमलपोखरी र गौरीघाटलाई झकिझकाउ पारिएको थियो। कमलपोखरीमा श्रद्धालु, बर्तालु र भक्तजनको बाक्लो उपस्थिति थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .