ad ad

समाज


प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा वर्षाको सम्भावना

तापक्रम घट्दै, चिसो बढ्दै
प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा वर्षाको सम्भावना

नेपालखबर
कात्तिक ८, २०७९ मंगलबार ७:१, काठमाडौँ

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। यतिबेला (मंगलबार बिहान) देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यता सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ। तर प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। 

यस्तै आज राति प्रदेश १ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने बुलेटिनमा उल्लेख गरिएको छ।

बुलेटिनअनुसार आज राति प्रदेश १ का थोरै स्थान र बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।  

तापक्रम घट्दै, चिसो बढ्दै

अहिले दैनिक रूपमा तापक्रम घट्ने र चिसो बढ्ने क्रम चलिरहेको महाशाखाका मौसमविदले बताएका छन्।

मौसमविद् राजु प्रधानांगका अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२.५ डिग्री सेल्सियस छ। अन्य स्थानको आजको तापक्रम विवरण भने आउन बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .