समाज


समतामा विमलाको मृत्यु प्रकरणः आफन्तले अझै बुझेनन् शव, मृगौला झिक्न खोजेको आरोप

समतामा विमलाको मृत्यु प्रकरणः आफन्तले अझै बुझेनन् शव, मृगौला झिक्न खोजेको आरोप

नेपालखबर
असार १०, २०७६ मंगलबार ७:५०,

कुमारीगालस्थित समता अस्पतालमा मृत भेटिएकी २७ वर्षीया विमला तामाङका आफन्तले अझै शव बुझेका छैनन्। तामाङको हत्या गरेर शव झुण्ड्याइएको भन्दै आफन्तले एक सातादेखि दैनिक महानगरीय प्रहरी वृत्त गौशाला अगाडि प्रदर्शन गर्दै आएका छन्।

असार २ गते बेलुकी निवासमा नगएपछि परिवारले उनको खोजी गरेका थिए। ३ गते अस्पतालमा झुण्डिएको अवस्थामा तामाङको शव फेला परेको थियो। तामाङका श्रीमान् बुद्धिराजले अस्पतालकी प्रशासन प्रमुख कला सञ्जेल, सोधपुछ कक्षकी सङ्गीता केसी र कार्यालय सहयोगी तीर्थकुमारी श्रेष्ठविरुद्ध किटानी जाहेरी दिएपछि तीनै जनालाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको प्रहरी वृत्त गौशालाका प्रमुख प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंह बताउँछन्।

काभ्रेपलाञ्चोक जिल्ला सुनकोशी गाउँपालिका–३, कात्तिके देउराली स्थायी घर भएकी तामाङले दुई महीनादेखि अस्पतालमा काम गरेको तलब पाएकी थिइनन्। काम गरेको तलब पाएपछि अस्पताल छोड्छु भनेको प्रदर्शनमा उत्रिएका आफन्त देव लामाले बताए।

प्रदर्शनमा उत्रिएका केही आफन्तले भने तामाङको मिर्गौला झिकेर बेच्ने उद्देश्यले उनको हत्या गरिएको आरोप लगाएका छन्। 

झुन्डिएको अवस्थामा मृत भेटिएको बिमलाको गोजीमा सानो टिपोट भेटिएको थियो। त्यसको वैज्ञानिक परीक्षण रिपोर्ट आउन बाँकी छ। टिपोटमा तीन जना कर्मचारी नाम लेखिएको थियो।  सामाखुशीस्थित केन्द्रीय विधि विज्ञान प्रयोगशालामा विवादित लिखतको परीक्षण भइरहेको छ। 

प्रहरीले अस्पताल सञ्चालक उत्तम सञ्जेलकी पत्नी कला अधिकारीसहित ३ जनाविरूद्ध कर्तव्य ज्यान मुद्दामा म्याद थपेर अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .