ad ad

समाज


राष्ट्रसघंका सैनिक सल्लाहकार नेपालमा, जंगी अड्डा पुगेर भेटे प्रधान सेनापतिलाई

राष्ट्रसघंका सैनिक सल्लाहकार नेपालमा, जंगी अड्डा पुगेर भेटे प्रधान सेनापतिलाई

नेपालखबर
कात्तिक ६, २०७९ आइतबार १४:८, काठमाडौँ

संयुक्त राष्ट्रसंघका महासचिवका सल्लाहकार जनरल ब्रियाम डिओपले प्रधानसेनापति प्रभुराम शर्मालाई जंगी अड्डामा भेटेका छन्। 

राष्ट्रसंघ स्थापना दिवसको अवसरमा नेपाली सेनाले गरेको २ दिने विशेष कार्यक्रममा सहभागी हुन आएका ब्रियाम जंगी अड्डा पुगेका हुन्। 

आइतवार नै काठमाडौं आइपुगेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपत्यका पृतना हेड क्वार्टरका पृतनापति उपरथि योगराज शर्माले स्वागत गरेका थिए। 

जंगी अड्डास्थित शर्माको कार्यकक्षमा भएको भेटघाटमा नेपाली सेनाले विश्व शान्ति स्थापनामा पुर्‍याएको योगदान र भविष्यमा समेत नेपाली शान्ति सैनिकहरुको आवश्यकता तथा सहभागिताबारे छलफल भएको थियो। 

छलफलका क्रममा जनरल डिओपले नेपाली शान्ति सैनिकहरुले विभिन्न शान्ति मिशनमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गरे। यसलाई आगामी दिनहरुमा पनि निरन्तरता मिल्ने विश्वास उनले जनाएका छन्। 

प्रधानसेनापति शर्माले संयुक्त राष्ट्रसंघबाट हालसम्म प्राप्त सहयोग र अवसरको लागि धन्यवाद दिए। उनले यसले निरन्तरता पाउने विश्वास व्यक्त गर्दै नेपाली सेना अझ पेशेवर रुपमा प्रभावकारी ढंगबाट शान्ति मिशनमा खटिने कटिवद्धता व्यक्त गरे। 

राष्ट्रसंघ मुख्यालयको उच्चस्तरीय भ्रमण तथा भेटघाटले नेपाल र नेपाली शान्ति सैनिकहरुले विश्व शान्ति स्थापनामा पुर्‍याएको योगदानको अन्तराष्ट्रिय जगतबाट उच्च मुल्याङ्कन भएको विश्वास नेपाली सेनाले लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .